माओवादी आक्रमण, एसपीसहित ७ प्रहरीको मृत्यु

npnews | 08:19 | 0 comments

असार १८ । भारतमा माओवादीको आक्रमणमा परी एसपी अमरजित बलिहारसहित सात प्रहरीको ज्यान गएको छ । झारखण्डको अम्रापरामा सुरक्षा बैठकमा सहभागी भई फर्कदै गर्दा माओवादीले गरेको आक्रमणमा परी एसपी बलिहारसहित सात जनाले ज्यान गुमाएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

झण्डै एक सयको संख्यामा आएका सशस्त्र माओवादी सुरक्षाकर्मीमाथि आक्रमण गरेलगत्तै भागेका थिए । घटनास्थलमा थप सुरक्षाकर्मी पठाई माओवादी कार्यकर्ताको खोजीकार्य भइरहेको प्रहरीको भनाई उदृत गर्दै विभिन्न भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments