करिश्मा मानन्धरकी छोरी कविता मानन्धर पनि आमाकै बाटोतिर

npnews | 01:45 | 0 comments

नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले अमेरिकामा फेसन शो मा के - कस्तो प्रतिस्पर्धा गर्दे छिन ?भिडीयो हेर्न तलको बक्समा क्लिक गर्नु होला।


एजेन्सी , अमेरिका बसेर अध्ययन गर्दै गरेकी नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर पनि आमाकै बाटोतिर लागेकी छिन् । कविता आमा करिश्मा र पिता विनोद मानन्धरजस्तै फिल्म अभिनय र निर्माणमा नलागे पनि यसको नजिकैको क्षेत्रमा आएकी छिन् ।
उनी अमेरिकामा हुन लागेको एएनए फेसन एक्स्ट्राभेजेन्जा स्पर्धामा सामेल भएकी छिन् । समाज विज्ञानमा स्नातक गर्दै गरेकी कविता यो स्पर्धाको अन्तिम आठका लागि चयन भएकी छिन् ।
आगामी शुक्रबार अमेरिकाको न्युयोर्कमा हुने यो प्रतियोगिताका लागि पूर्व मिस नेपाल माल्भिका सुब्बा, प्रशान्त ताम्राकार, सुमित सिग्देल, मलिना जोशीको निर्णायक मण्डलले अनलाइनबाटै स्पर्धी सुन्दरीहरुको छनोट गरेका हुन् ।

कवितालाई प्रतियोगितामा जिताउन विभिन्न सामाजिक सञ्जालमार्फत भोट हाल्ने अभियान चहिलरहेको छ । नायिका करिश्मा मानन्धरले पनि आफ्नो छोरीलाई भोट हाल्न फेसबुकमार्फत आग्रह गरेकी छिन् ।
अमेरिकाका विभिन्न राज्य बस्दै आएका १८ देखि २७ वर्ष समूहका ८/८ महिला र पुरुषले यसमा स्पर्धा गर्दै छन् । प्रतियोगिताको विजयीले मिस्टर भोग एएनए र मिस भोग एएनएको उपाधि चुम्ने आयोजकले जनाएका छन्।नायिका करिश्मा मानन्धरकि छोरी कविता मानन्धरले अमेरिकामा फेसन शो मा  के - कस्तो प्रतिस्पर्धा    गर्दै छिन ?भिडीयो हेर्न बक्समा क्लिक गर्नु होला।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments