बंगलादेशमा जारी आइसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ ।

टेस्ट मान्यता प्राप्त राष्ट्र न्यूजिल्यान्डलाई विहीबार ३२ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा सनसनीपूर्ण सुरुआत गरेको हो ।

बंगलादेशको फतुल्लाहमा नेपालले दिएको २३९ रनको विजयी लक्ष्य पछ्याएको न्यूजिल्यान्ड ४७ दशमलव १ ओभरमा २०६ रनमा समेटिएपछि नेपालले शानदार जित दर्ता गरेको हो ।

कसिलो बलिङ गर्दै सुरुआतदेखि न्यूजिल्यान्डलाई दबाबमा राखेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए ।

यस्तै, प्रदीप तामाङले २ तथा सुनील धमला र सन्दीप लामिछानेले १-१ विकेट झारे ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान राजु रिजालको सर्वाधिक ४८ रनको मद्दतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३८ रन जोडेको थियो ।

नेपालका लागि सन्दीप सुनार र आरिफ सेखले समान ३९-३९ रनको योगदान गर्दा आठौं नम्बरमा क्रिजमा आएका कुशल भुर्तेलले २३ बलमा अविजित ३५ रन बनाउँदै नेपाललाई राम्रो योगफलसम्म पुर्‍याएका थिए ।

यस्तै, राजवीर सिंहले २४, दीपेन्द्रसिंह ऐरीले १६, सुनील धमलाले १५, योगेन्द्रसिंह कार्कीले ६ तथा प्रदीप तामाङले अविजित ४ रन जोडे ।

नेपालले सन् २००६ को प्रतियोगितामा न्यूजिल्यान्डलाई हराएर प्लेट च्याम्पियन बनेको थियो ।

यु-१९ विश्वकप क्रिकेटको विभिन्न संस्करणमा टेस्ट मान्यता प्राप्त टोलीहरु दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र जिम्बाबेलाईसमेत पराजित गरिसकेको नेपालको विहीबारको जितसँगै दोस्रो चरण प्रवेशको सम्भावना बलियो बनेको छ ।

आफ्नो दोस्रो खेलमा शनिबार आयरल्यान्डलाई पराजित गर्न सके नेपालको दोस्रो चरण प्रवेशको सम्भावना बलियो बन्ने छ ।

नेपाल रहेको समूह डीमा न्यूजिल्यान्डसँगै भारत र आयरल्यान्ड छन् । समूहको अन्तिम खेलमा नेपालले सोमबार भारतको सामना गर्नेछ । - इमेजखबरमा समाचार छ । 
ब्राजिलका फुटवल स्टार रोनाण्डोलाई कसरी तीन वेश्याले बलात्कार गरे हेर्नुस !!!
२४ साउन, एजेन्सी । ब्राजिलका फुटवल स्टार रोनाण्डोले फूटवलबाट सन्यास पनि लिइसके र उनि आजकल खासै चर्चामा आउँदैनन् तर यी महान फुटवल खेलाडीलाई फुटवलप्रेमीले भुल्न भने सक्दैनन्।उनले निकै राम्रो फुटवल खेलेर संसार भरि नाम र दाम कमाएका थिए। तिनै स्टार फुटवलर रोनाल्डोको जीवनमा एउटा घट्ना घटेको जसले उनको इज्जतमा लाग लगाइदिएको थियो भने उनको छविसमेत बिगारिदिएको थियो।वेश्याले गरेका रोनाल्डको बलात्कार..रोनाल्डो रंगिन स्वभावका मानिस थिए। उनको गर्लफ्रेन्डसंग सम्वन्ध सधै तनावमा रहन्थ्यो, उनको ब्रेकअप भइरहन्थ्यो।

सन २००८ मा गर्लफ्रेन्डसंग ब्रेकअप भएपछि रोनाल्डो निकै तनावमा र चिन्तित बनेका थिए। उनले तनाव कम गर्न भन्दै तीन वेश्यालाई पैसा दिएर भाडामा लिए। तीनै वेश्यालाई लिएर उनि रियोदिजेनेरियोको एक होटेलमा पुगे । रमाइलो गर्ने उदेश्यले पुगेका रोनाण्डो त्यतिबेला स्तब्ध भए जब उनले थाहा उनले पैसा तिरेर ल्याएका तीनै वैश्या पुरुष पो रहेछन्। त्यसपछि के भयो भनिरहन पर्दैन् । यो घट्नासंग रोनाल्डको पनि पोल खुलेको थियो भने उनलाई जीवनमा ठुलो सिकाइ पनि भयो ।
जापानले तयार पारेको सवै भन्दा ठुलो र शक्तिशाली युद्धपोत भिडियोमा हेर्नुस !!!
२४ साउन,एजेन्सी । चीन र उत्तर कोरियाबाट विशेष खतरा महससु गरेको जापान शैन्य शक्ति बढाउन ठुलो कसरत जारी राखेको कसैबाट लुकेको छैन् ।जापानले मंगलवार मात्रै अहिलेसम्मकै ठुलो युद्धपोत सार्वजनिक गरेको छ।

मंगलवार जापानले अत्याधुनिक विमान वाहक युद्धपोत अनावरण गरेको हो। इजुमो नाम दिएको युद्धपोत जापानको सवै भन्दा ठुलो र शक्तिशाली युद्धपोत हो।
जापानले यस्तो युद्धपोत बनाएको सार्वजनिक भएलगतै चीन र उत्तर कोरियाले भने असन्तोष व्यक्त गरेका छन्।
सेनकाकु द्धिपलाई लिएर जापान र चीनबिच तनाव जारी छ भने उत्तर कोरियाले बेला बेलामा जापानमाथी मिसाइल आक्रमण गर्ने चेतावनी दिने गरकेो छ।

जापानले इजुमो युद्धपोतका लागी सन २००९ देखी काम शुरु गरेको हो। ८२० फिट लामो यो युद्धपोतमा १४ हेलिकप्टर अट्छन्। इजुमु युद्धपोतसंगै पानीमा जापान बलियो बनेको छ।जापानले तयार पारेको सवै भन्दा ठुलो र शक्तिशाली युद्धपोत भिडियोमा हेर्नुस !!!
बलिउडका चर्चित प्रेमजोडी दीपिका पादुकोण र रणविर सिंहबीच झगडा भएको छ । हालै एक साथीको पार्टीमा सँगै पुगेका रणविर र दीपिकाबीच साथीको घरमै झगडा भएको हो ।
यी दुइ बीच झगडा पर्नुको कारण रणविर नै रहेछन् । रणविरले दीपिकाको सम्बन्धका बारेमा विना अनुमति मिडियामा विभिन्न कुरा गरेको प्रति दीपिका रिसाएकी रहेछिन् ।सोही कारण दीपिकाले रणविरलाई हकारेपछि यी दुइबीच झगडा भएको बताइएको छ ।
रणविरसँगको आफ्नो प्रेम सम्बन्धका बारेमा दीपिकाले मिडियामा गोप्यता साँधिरहेकी भएपनि रणविरले भने खुलमखुल्ला भन्दै हिँडेपछि दीपिकालाई रिस उठ्नु स्वभाविकै हो । दीपिकाले रणविरलाई जथाभावी नबोल्न चेतावनी दिएको बताइएको छ । बोल्दाबोल्दै रणविर सिमा बाहिर जानसक्ने र आफुहरुको सम्बन्ध बारेका गोप्य कुरा समेत खोल्नसक्ने आशंकामा दीपिकाले रणविरलाई अब सम्बन्धका बारेमा मुख नखोल्न अह्राएको बताइएको छ । दीपिका चटि्एपछि रणविर अवाक् भए । हेरौँ यो झगडापछि यी दुइबीचको सम्बन्ध कसरी अघि बढ्छ ?भिडियो हेर्नुहोस् ।
२३ साउन,एजेन्सी। साउदी अरबमा अचम्मको चोरी भएको छ। साउदीको उत्तरपश्चिमी शहर ताबुकमका २० लाख रियाद रहेको एक झोलाबाट चोरले २८ हजार रियाल मात्र चोरेर भागेका छन्।
एक स्थानिय कम्पनीमा काम गर्ने एक गैर साउदी नागरिकको कारबाट सो रकम चोरी भएको प्रहरीले जनाएको हो।
 ती व्यक्ति कार बाहिर रोकेर शपिङ मलमा छिरेका थिए। उनि शपिङ मलबाट फर्किएर आउँदा खेरी उनको कारको एउटा झ्याल फोडिएको थियो। कार भित्र रहेको एउटा झोलामा २० लाख रियाल थियो र चोरले मात्र २८ हजार रियाद चोरेर लगेको थियो 
।हाल प्रहरीले यसका बारेमा अनुसन्धान जारी राखेकोबाकी ’भिडियो बाट हेर्नुहोस !!!
२३ साउन,अत्तरिया(कैलाली) । कैलालीको त्रिनगर सीमाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा आज पाँच युवतीको उद्धार गरिएको छ ।झापा, गोरखा, धादिङ, काभ्रे र ललितपुर घर बताउने उनीहरुको उमेर १७ देखि २१ वर्षसम्म रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

त्रिनगर भन्सार हुँदै सीमावर्ती भारतको गौरीफन्टा जान लागेका उनीहरुलाई केआई–नेपाल नामक संस्थाका प्रतिनिधिले सोधपुछपछि नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको थियो ।पाँचै जनाले समीर र सुदीर नाम बताउने व्यक्तिहरुले भारतको बङ्लोरमा राम्रो जागिर लगाइदिने भनी ल्याएको बयान दिएको कैलाली जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो ।उनीहरुका अनुसार समीर र सुदिर अगाडि नै गौरीफन्टामा गएर बसेका र आफूहरुलाई रिक्सा भाडा दिएर आउँदै गर्नू भनेका थिए ।

समीर र सुदिर अगाडि नै गौरीफन्टामा गएर बसेको र आफूहरूलाई रिक्सा भाँडा दिएर आउँदै गर्नु भनेको प्रहरी नियन्त्रणमा रहेका युवतीहरूले जानकारी दिइन् ।युवतीहरू ल्याउने काममा संलग्न समीर र सुदिरको खोजी कार्य भइरहेको छ ।उद्धार गरिएका युवतीहरूका आफन्तजनलाई खबर गरिसकेको र उनीहरू धनगढी आएपछि जिम्मा लगाउने प्रहरीले बताएको छ । रासस
बारा, २३ साउन । विवाहअघि भएको बलात्कारबाट गर्भ बोकेकी बाराकी एक युवतीको बिचल्ली भएको छ । विवाह गरेको केही महिनामा नै गर्भ बोकेको थाहा भएपछि बारा पटेर्वा–२ की ती युवती घरबाट निकालिएकी थिएन् । घरबाट निकालिएपछि माइत बस्दै आएकी उनले यही साउन ७ गते छोरीलाई जन्म दिएकी छिन् । विवाहअघि शम्भु साहका छोरा अजयबाट २०६९ साल कात्तिकदेखि आफू पटकपटक बलात्कृत हुदै आएको उनी बताउँछिन् ।
विसं. २०६९ माघ १८ गते बसवरियाका एक युवकसँग विवाह बन्धनमा बाँधिएकी उनले आफूलाई घरमा एक्लै भएको मौका छोपी अजयले बलात्कार गरेको बताइन् । कसैलाई भनिस् भने तेरो सबै परिवारलाई मारिदिन्छु भन्दै धम्की दिएर पटक–पटक बलात्कार गर्ने गरेको उनले सुनाइन् । धम्कीकै कारण आफूले बलात्कारबारे कसैलाई भन्न नसकेको उनी बताउँछिन् ।
उनी अहिले न्याय खोज्दै प्रहरीमा पुगेकी छिन् । लामो समय घटनालाई लुकाउँदै आएकी उनले घरबाट निष्कासित हुनुपरेपछि आफ्नो बच्चालाई न्याय र अधिकार दिलाउन प्रहरीमा पुगेको बताइन् । उनले साउन १० गते इलाका प्रहरी कार्यालय सिम्रौनगढ र जिल्ला प्रहरी कार्यालय बारामा बलात्कार गर्ने अजयविरुद्ध किटानी जाहेरी दिएकी छिन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले अजयका विरुद्ध उनले यौनशोषण गरेको किटानी जाहेरी दिएको पुष्टि गर्नुभएको छ । जाहेरीका आधारमा अजयलाई नियन्त्रणमा लिएर छानबिन गर्न इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई पत्राचार गरिएको बरालले जानकारी दिनुभयो ।
पीडकविरुद्ध प्रहरीमा जाहेरी परेपछि घटनालाई गाउँमै मिलाएर अपराधी उम्काउन षडयन्त्र सुरु भएको छ । घटनालाई गाउँमा नै मिलाउनुपर्छ भन्दै स्थानीय केही अगुवा र अजयका काका हरेन्द्र क्रियाशील भएका छन् । घटनालाई ढाकछोप गर्नका लागि गाउँमा पञ्चायत गरी केही रकम लिएर मिलापत्र गर्न दबाब आएको ती युवतीका बाबुको गुनासो छ । घटनालाई गाउँमै मिलाउन दबाब दिँदै आएका स्थानीय मधुसूधन कलवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोरकुमार उपाध्यायले  सोधपुछका लागि मधुसूधनलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोरकुमार उपाध्यायले यौनशोषण गर्ने युवकको खोजतलास भइरहेको बताउनुभयो ।